काठमाडौं, १ भाद्र । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं. २ का निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजलाई धन्यवाद दिएकी छन् ।
राष्ट्रपति भण्डारीले मंगलबार प्रदेश प्रमुख पदबाट मुक्त गरिएको जानकारी दिँदै धन्यवादसमेत दिएकी हुन् ।
राष्ट्रपतिद्वारा जारी गरिएको पत्रमा भनिएको छ, ‘तपाईले हालसम्म प्रदेश प्रमुखको पदमा रही गर्नुभएको कामको लागि धन्यवाद छ ।’

तपाईको प्रतिक्रिया