लागूऔषधसहित तीन जना पक्राउ

समाचार

मोरङ, २ भाद्र । बेलबारी नगरपालिका–१० भाउन्ने चोकबाट नियन्त्रित लागूऔषध ७ सय पीस प्रमाडोल र ७ सय पीस स्पास्पेनसहित ३ जानलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार साँझ पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका–१ का २४ वर्षीय रोमन राई, पथरीशनिश्चरे नगरपालिका–४ का २९ वर्षीय अनुप राई र पथरीशनिश्चरे नगरपालिका–४ का २९ वर्षीय बिशाल राई रहेका छन् ।

प्रहरी चौकी डागिहाटबाट खटिएको प्रहरीले सोही ठाउँस्थित झापाली होटलमा बसेका उनीहरुलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ