रक्तसञ्चार केन्द्रलाई फ्रिज हस्तान्तरण

समाचार

वीरगन्ज, ३ भाद्र । वीरगञ्ज महानगरपालिकाले नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्र पर्सालाई फ्रिज हस्तान्तरण गरेको छ ।

महानगर प्रमुख बिजयकुमार सरावगीले नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्रराज कँडेललाई फ्रिज हस्तान्तरण गरेका हुन् ।

३ सय ५० युनिट रगत भण्डारण क्षमता भएको फ्रिज ४ लाख ७५ हजार रुपैयाँमा खरिद गरिएको महानगरले जनाएको छ ।

रक्त सञ्चार केन्द्रमा रहेका सामान्य फ्रिजमा रगत भण्डारण गर्दा रगत डल्लो परेर खेर जाने समस्या देखिँदै आएको थियो ।

सभापति कँडेलकाअनुसार वार्षिक ४÷५ सय युनिट रगत डल्लो परेर खेर जाने गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ