वीरगन्ज, ३ भाद्र । विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) नेपालले वीरगन्जमा मानवीय सहायतास्थल निर्माण गरेको छ । विपदको समयमा यहाँबाट राहत सामग्री उपलब्ध गराउन सहायता स्थल निर्माण गरिएको हो ।
कार्यक्रमकी सूचना अधिकृत मोनिका उपाध्यायका अनुसार सहायतास्थलको भण्डारण क्षमता एक पटकमा १ हजार ५ सय मेट्रिक टन छ ।
वीरगन्जस्थित एकीकृत सुरक्षा जाच चौकी परिसरमा यसको निर्माण गरिएको छ । महाविपत्तिको समयमा राहत प्रतिकार्यको पूर्वतयारीका लागि सहायतास्थल निर्माण गरिएको उपाध्याले बताइन ।
डब्ल्यूएफपीले २०७१ सालमा पहिलो पटक काठमाडौंमा यस्तो सहायता स्थल निर्माण गरेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छेउमै निर्माण गरिएको उक्त स्थलले २०७२ सालको विनाशकारी भूकम्पको प्रतिकार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
सुदूरपश्चिमको धनगढी, लुम्बिनीको नेपालगन्ज, कर्णालीको सुर्खेतमा पनि सहायतस्थल निर्माण सम्पन्न भइसकेको छ ।
तपाईको प्रतिक्रिया