गौर, ४ भाद्र । प्रदेश २ सरकारले विपन्न परिवारलाई राहत वितरण गर्न भनि रौतहटको राजदेवीनगरपालिका–२ मा राखिएको खाद्यान्न सामग्री कुहिएका छन ।
एक वर्षअघि लकडाउन हुँदा समयमा वितरण गर्न ल्याएको चामल, दाल, मस्यौरा (सोयाबिन) लगायका खाद्यान्न कुहिएको हो ।
वडा कार्यालयका अनुसार ६५ बोरा चामल, १५ बोरा दाललगायत नुन, तेल, सोयाबिन भण्डारण गरी राखिएको थियो । वडा कार्यालयको माथिल्लो तल्लाको कोठामा राखिएका केही बोरा चामल चोरीसमेत भएको स्थानीयको गुनासो छ ।
राहतको सामाग्री वितरण नगरी कुहाएर राखेको भन्दै वडा तथा नगरपालिकाका जनप्रतिनिधिहरूको स्थानीयले आलोचना गरेका छन् ।
धेरै पटक सो खाद्यान्न बाँड्न आग्रह गर्दा पनि जनप्रतिनिधिहरूले सुनवाइ नगरेको स्थानीयको गुनासो छ ।
राजदेवीनगरपालिकाका मेयर धीरेन्द्र सिंहले वडा–२ मा खाद्यान्न कुहिएको भन्दै नगरपालिकालाई बदनाम गर्न खोजेको प्रतिक्रिया दिए । राहतको विषयमा नगरपालिकासँग कुनै सरोकार नभएको समेत मेयर सिंहको भनाइ छ ।
तपाईको प्रतिक्रिया