मटिहानीमा अतिथि गृह निर्माण

समाचार

महोत्तरी, ५ भाद्र । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलले विकासको विभिन्न काम गर्ने चरणमा मटिहानीमा अतिथि गृहको निर्माण गरिएको कुरा बताएका छन् ।

मटिहानी नगरपालिका द्वारा नगरको प्रमुख बजार एवं धार्मिक नगरी मटिहानीमा निर्माण गरिएको अतिथि गृहको एक कार्यक्रमवीच उद्घाटन गर्दै उनले कम बजेट र सिमित साधनस्रोतको बावजुद पनि पालिका विकासमा अग्रसर रहेको पनि बताए ।

मटिहानी नगरपालिकाको नगर स्तरीय योजना अन्तर्गत अटेच बाथरुम सहितको तीन वटा कोठा, बैठक कक्ष, बरण्डा र भान्सा घर समेत आधुनिक किसिमको सो अतिथि गृह १ एक करोड रुपैयाको लागतमा निर्माण गरिएको कुरा मटिहानी नगरपालिकाको ईन्जिनियर विमलेश साहले बताए ।

कार्यक्रममा वडा अध्यक्षहरु शिवचन्द्र झा, रामबाबु नायक, जितनारायण माझी, गणेश प्रसाद साह, आविद हुसैन, पार्टी प्रतिनिधिहरु नागेन्द्र लाल कर्ण, शंकर साह, उमाशंकर साह, मटिहानी नगरपालिकाको योजना अधिकृत राजेश शर्मा, राजकिय संस्कृत मा.वि.का प्र.अ. ईश्वरी पौड्याल, रामजी मण्डल लगायतका वक्ताहरुले विकास निर्माण वारे चर्चा गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ