कैलाली, ६ भाद्र । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलारी गाउँपालिका–७ रामपुर बस्ने २३ वर्षीय अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
चौधरीले ती बालिकालाई आफ्नै घरमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया