काठमाडौं, ६ भाद्र । लामो समयदेखि चिनी मिलहरूले उखु किसानको रकम भुक्तानी नगरेकोमा ६ किसान संगठनहरूले किसानहरुलाई एकमुष्ट रकम प्रदान गर्न माग गरेका छन् ।
संगठनहरुले आइतबार संयुक्त वक्तव्य निकाल्दै किसानहरूले चिनी मिल र अन्य व्यापारीहरूलाई बेचेको उखुको भुक्तानीबापत प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम (ब्याज तथा हर्जाना समेत) एकमुष्ट रुपमा प्रदान गर्न माग गरेका हुन् ।
यसका साथै उनीहरुले सरकारको तर्फबाट प्रदान गरिनुपर्ने तोकिएको अनुदान रकम अबिलम्ब भुक्तानी गर्न÷गराउन माग गरेका छन् ।किसानहरूको रकम तत्काल भुक्तानी नगरिएमा कडा संघर्षमा उत्रने पनि संगठनले चेतावनी दिएको छ ।
तपाईको प्रतिक्रिया