पानी बगाउने विषयमा विवाद हुँदा तीन जना घाइते

समाचार

महोत्तरी, ७ भाद्र ।  निजी चापाकलका पानी सडकमा बगाउने विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा सम्सी गाउँपालिका वडा न. ५ पोखरभिण्डाका वर्ष २४ का निसान्त कुमार निराला, वर्ष ५५ को रामउदार यादव र वर्ष ६५ को जंगुलाल यादव रहेका छन् ।

घाइते निरालाको दाहिने हात भाँचिएको छ भने अन्य दुवै जनालाई समान्य चोटपटक लागेको घाईते निरालाले बताएका छन् ।

घाइते तीनै जनाको जनकपुर रामानन्द चौकस्थित रामजानकी अस्पतालमा उपचार भइरहेको छ ।

घाइते निरालाका अनुसार विपक्षी मनोहर यादवले आफनो चापाकलको पानी आफ्नो खाली जग्गामा नबगाई सडकमा बगाउने गरेको र समय समयमा निजलाई सम्झाउँदै आएपनि नमानेपछि १ गते राति फेरी सम्झाउन जादा त बढी गाउको चिन्ता लिन्छ भन्दै विवाद हुदाहुदै कुटाकुटको अवस्था आएको थियो ।

विपक्षीको घर सोही ठाउमा भएकाले विवाद हुन साथ घरेलु हतियारबाट आक्रमण गरेको र मेरो दाहिने हात दुई ठाउमा भाचेको हो । गाउमा यस्ता विवादहुदा सवकानाइके राम कैलास यादव रहन्छ र उसकै नेतृत्वमाजहिले पनि विवाद हुदै आएको छ ।

कहिले स्कुलका प्रधानाध्यापक संग त कहिले कसैसंग मानिसहरुलाई उक्साई झगडा गराउने बानीका कारण गाउबाटै प्रहरीले हथकडी लगाएर समेत लगिएको बताउँछन् ।

तर यसैसम्बन्धमा रामकैलास यादव संग सम्र्पक गर्दा वहाले यो गाउको गलत राजनितिका कारण यस्ता विवादहरु हँुदै आएको हो । यो अहिलेको घटना पानीबगाउने एउटा बहाना मात्रै हो हामीलाई टारगेड गरेर विवाद गर्न आएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ