काठमाडौं, ७ भाद्र । भारतको सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले मधेशी नेता महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।
चार दिने नेपाल भ्रमणका लागि आइतवार काठमाडौं आएका उनी राजनीतिक भेटघाटमा सक्रिय छन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा र विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटिसकेका छन् ।
भेटका क्रममा ठाकुरलाई भारतीय प्रधानमन्त्री र भाजपा नेतृत्वको सन्देश चौथाइवालेले सुनाएका छन् ।
तपाईको प्रतिक्रिया