काठमाडौं, ७ भाद्र । भारतीय जनता पार्टी (भाजपा) का नेता तथा विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
चौथाइवालेले ओलीसँग सोमबार उनकै निवासमा भेटवार्ता गरेका हुन् ।
ओलीसँग भेटेपछि उनले ट्वीटरमा लेखेका छन्, ‘नेपालका पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता ओलीजी आज बिहान काठमाडौंमा । हामीले नेपाल–भारत सम्बन्धलाई अझ अघि बढाउन सकारात्मक छलफल ग¥यौँ ।’
भारतबाट आइतबार नै काठमाडौं आइपुगेका चौथाइवाले सोही दिन साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।
चौथाइवालेले भेटमा प्रधानमन्त्री देउवालाई कार्यकालको सफलताको शुभकामना दिएको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएका थिए ।
दुवैबीच भेटमा नेपाल–भारतको हित र अन्तरपार्टी सम्बन्धबारे समेत कुराकानी भएको थियो । यसअघि चौथाइवालेले गत डिसेम्बरमा नेपाल भ्रमण गरेका थिए ।
तपाईको प्रतिक्रिया