काठमाडौं, ७ भाद्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा दुईपक्षीय हितका विषयमा कुराकानी भएको चौथाइवालेले ट्विट गर्दै उल्लेख गरेका छन् ।
आइतबार काठमाडौं आएका चौथाइवालेले त्यहि दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए ।
यस्तै सोमबार नै उनले नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।
तपाईको प्रतिक्रिया