मूल्य वृद्धिविरुद्ध युवा संघद्वारा प्रदर्शन

समाचार

जनकपुरधाम, ८ भाद्र । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध जनकपुरधाममा प्रदर्शन गरेको छ ।

युवा संघ नेपालका नेता–कार्यकर्ताले शिव चोकमा टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी समेत गरेका छन् ।

नेपाल आयल निगमले निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको छ ।

युवा संघले मूल्य वृद्धिले जनता झन् पीडित हुने भएकाले मुल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । मुल्य वृद्धि फिर्ता नलिए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ