सनाखतका लागि लोकतान्त्रिक समाजवादी भोली आयोग जाने

समाचार

काठमाण्डौ, ८ भाद्र । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका लोकतान्त्रिक समाजवादी पार्टी (नेपाल)लाई सनाखतका लागि भोलि बुधबार बोलाएको छ ।

बिहान ११ः३० देखि दिउँसो २ः०० बजेसम्म आयोगमा गएर नेताहरूले सनाखत गर्नुपर्नेछ ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिइएको थियो ।

सरकारले दल विभाजनका लागि सहज हुने गरी अध्यादेश ल्याएपछि नयाँ पार्टी गठनका लागि बाटो खुलेको हो । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ