सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन मुख्यमन्त्री राउतको निर्देशन 

समाचार

जनकपुरधाम, ८ भाद्र । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेशको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरु निर्देशन दिएका छन् ।

प्रदेशको सुरक्षा व्यवस्था व्यवस्थाबारे जानकारी लिने उद्देश्यका साथ मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको बैठकमा मुख्यमन्त्री राउतले सो निर्देशन दिएका हुन् ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरुले प्रदेशको सुरक्षा व्यवस्थाहरुबारे व्रिफिङ्ग गर्नुका साथै अगामी योजनाबारे समेत जानकारी गराएका थिए ।

बैठकमा प्रमृुख सचिव हरिप्रसाद मैनाली, मुख्यमन्त्री कार्यालयका सचिवहरुका साथै प्रहरी नायब महानिरीक्षक उमेश रंजितकार, सशस्त्र प्रहरी नायब महानिरीक्षक सि.पी.गौतम, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, नेपाली सेनाका नि. बाहिनीपति महासेनानी पूर्ण प्रसाद ढकाल सहितको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ