काठमाडौं, ८ भाद्र । गृहमन्त्री बालकृष्ण खाँड र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।
आइतबार काठमाडौं आएका चौथाइवालेले त्यहि दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए ।
यस्तै सोमबार नै उनले नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका थिए ।
तपाईको प्रतिक्रिया