हाइसले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

समाचार

धनुषा, ८ भाद्र । मिथिला नगरपालिका–४ पुष्पलपुरस्थित सडकमा बा.५ ख ६०८७ नम्बरको हाईसले प्रदेश २–०१–००१ प ८५८५ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सप्तरी राजविराज नगरपालिका–१२ बस्ने ३५ वर्षीय द्धारिका प्रसाद यादव र उनकै श्रीमती २८ वर्षीया ममता यादव रहेका छन् । हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै घटनास्थलमा करिब १ सय ५० जना मानिसहरूले भेला भई शव उठाउन नदिई सडक अवरोध गरी प्रहरी माथि ढुङ्गामुढा गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले आवश्यक कार्य गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ