बारा, ९ भाद्र । जितपुर सिमरा उपमहानगरपालिका–५ रातो पुलस्थित रोहित प्लाजा होटलको अगाडिबाट करिब १५ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा निजगढ नगरपालिका–१३ बस्ने ३३ वर्षीय दिपक पाख्रिन र सोही ठाउँ बस्ने २५ वर्षीय बाबुराम वाईबा रहेका छन् ।
सिमराबाट जितपुरतर्फ आउँदै गरेको ना.४६ प ५९३१ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय सिमरा र ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको छ ।
तपाईको प्रतिक्रिया