जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ 

समाचार

बाँके, ९ भाद्र । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी कोहलपुर नगरपालिका–७ लखनवा बस्ने ६५ वर्षीय खागा थारुलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बाँकेको २०७६ असार ११ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा २ वर्ष ५ महिना ७ दिन कैद  ठहर भई फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ