काठमाडौं, ९ भाद्र । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ ।
लोसपा नेपाल दर्ता गराइएपछि सनाखतका लागि आयोगले बुधबार बोलाएको थियो ।
सो दलमा रहेका सांसद तथा केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुले बुधबार निर्वाचन आयोग पुगेर सनाखत गरेका छन् ।
कार्यकारिणी समितिका ५१ मध्ये १७ जनाले सनाखत गरेको जानकारी दिदै उनले आफ्नो दल हिमाल, पहाड र तराइमा क्रियाशील रहने र समाबेशी लोकतन्त्र आफूहरुको मूल्य र मान्यता रहेको बताए ।
तपाईको प्रतिक्रिया