वीरगन्ज, १० भाद्र । वीरगन्जमा निर्माणधिन अवस्थामा रहेको सर्वोत्तम स्टील प्रा.लिमा विस्फोट हुँदा उद्योगमा कार्यरत ११ जना घाइते भएका छन् ।
वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरमा निर्माणाधिन अवस्थामा रहेको सर्वोत्तम स्टीलमा विस्फोट भएको हो ।
उद्योगमा रहेको कचरा फलाम गलाउने सिसिएममा विस्फोट भएको हो । सर्वोत्तम स्टीलमा विस्फोट भएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
विस्फोट भएपछि उद्योग परिसरमा सयौंको संख्यामा स्थानीयहरु जम्मा भएका छन् ।
तपाईको प्रतिक्रिया