काठमाडौं, १० भाद्र । विश्वविद्यालयले एकलौटीरुपमा पदाधिकारी नियुक्ति गरेको भन्दै राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघले आपत्ति जनाएको छ ।
प्राध्यापक संघका अध्यक्ष डा.उदयकिशोर तिवारीले बिहीबार एक विज्ञप्ति जारी गरी आपत्ति व्यक्त गरेका हुन् ।
‘संविधानले सुनिश्चित गरेको समावेशिता, सामाजिक न्याय र मौलिक हकको समेत धज्जी उडाउँदै विश्वविद्यालयले एकलौटी रुपमा गरेको पदाधिकारी नियुक्तिप्रति हाम्रो पुनः गम्भीर ध्यानाकर्षण भएको छ ।’ अध्यक्ष तिवारीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
पटक–पटकको चासो र खबरदारीका बाबजुद पनि अटेर गरी बैशाखपछि विभिन्न निकायमा भएका नियुक्ति सिफारिसप्रति उनले खेद प्रकट गरेका छन् ।
उनले असमावेशी एवं एकलौटीरुपमा गरिएका नियुक्तिहरु खारेजीको माग गर्दै सात दिनभित्र आफ्ना मागहरु पूरा गर्न अल्टिमेटम दिएका छन् ।

तपाईको प्रतिक्रिया