जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री केसी 

समाचार

कपिलवस्तु, ११ भाद्र । लुम्बिनी प्रदेशका मुख्यमन्त्री क्ुल प्रसाद केसीले प्रदेशमा निर्माण भएको गठबन्धनको सरकारले जनमुखी तथा विकास केन्द्रित बजेट ल्याउने बताएका छन् ।

जनता समाजबादी पार्टी नेपालको मायादेबी गाउँपालिका समितिले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित नयाँ मन्त्रीहरुलाई पडकीमा राखेको स्वागत कार्यक्रममा मुख्यमन्त्री केसीले ओली सरकारले जस्तै हुन नसक्ने खालका कार्यक्रम वर्तमान सरकारले नल्याउने बताए ।

‘वास्तविक र हुने खालका कार्यक्रम ल्याउँछौ, हुने खालको जे देख्छौं त्यही कार्यक्रम ल्याउँछौं’ उनले भने ।

ओली सरकारले पानी जहाज र घर घरमा ग्यासको पाईप जडान गर्ने ल्याएको कुरा प्रचारका लागि  मात्र रहेको भन्दै अहिलेको गठबन्धन सरकारले जनमुखी  र कृषि केन्द्रित कार्यक्रम ल्याउने बताए ।

सबै पार्टी तथा विकासमुखी साझा कार्यक्रम ल्याउने बताए । ओलीले बर्तमान गठबन्धनलाई तोडने कोशिश गरेको भन्दै उनले यो गठबन्धन लामो सयम सम्म रहने दाबी गरे ।

वर्तमान सरकारसंग विकासकालागि सयम कम भएको भन्दै उनले ओली सरकारले गरको काम भन्दा ढेड बर्षको अवधिमै राम्रो गरेर देखाउने बताए ।

वर्तमान सरकारले शिक्षा, स्वास्थ्य, पुर्वाधार पर्यटन विकासमा जोड दिने उनले बताए । कोरोनाको तेश्रो भेरिन्टलाई रोक्न आफनो सरकार जति पनि लागनी गर्न पछि नपर्ने बताए ।

उनले मुटु र मृगौला रोगीको उपचारमा सहजताकालागि ३ लाख रुपैया दिने बताए । उनले प्राचिन बुद्धकालीन शहरलाई चिनाउन कपिलवस्तुका ठुलो भ्यु टावर समेत निर्माण गर्ने योनजा रहेको बताए ।

उनले कपिलवस्तुको शानको रुपमा रहेको कालानमक धानको उत्पादन बढाउन समेत बिशेष कार्यक्रम ल्याउने बताए । 

सो अवसरमा लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री तथा जसपाका  केन्द्रिय सदस्य सहसराम यादवले ओली गणन्त्र बिरोध रहेको आरोप लागउदै प्रतिगमनलाई परास्त गर्र्न गठबन्धन सरकार बनेको बताए ।

वर्तमान गठबन्धन सरकारले जनता र संबिधानको रक्षा गरी देशमा विकास गर्ने उनले दाबी गरे । सो अवसरमा पार्टीका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री दान बहादुर चौधरीले वर्तमान सरकारले समावेशीलाई बिशेष ध्यान दिनु पर्ने बताए । 

‘अहिलेको सरकारले छोटो समय मै धेरै काम गर्न पर्छ’ उनले भने । कार्यक्रममा प्रदेश मन्त्री सुमन शर्मा रायमाझी र मन्त्री पुर्णमति ढेंगा जसपा पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी नेता अशोक कुमार यादव, अब्दुल रसिद खा, शुद्धोदन गाउपालिका अध्यक्ष निसार अहमद खां, मायददेवी गाउँपालिकाका अध्यक्ष बजरगी चौधरी लागतयले मन्तब्य दिएका थिए ।  

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ