काठमाडौं, ११ भाद्र । नेपालस्थित भारतीय दूतावास र एम/एस ग्लोबल प्राइभेट लिमिटेडले ‘ग्लोबल टीन हीरो’ कार्यक्रमका अन्तिम २० जना प्रतियोगीबीच भर्चुअल अन्तरक्रिया गरेको छ ।
नेपालका विभिन्न जिल्लाबाट आएका १४ देखि २० वर्ष उमेर समूहका अन्तिम २० प्रतियोगीहरुसँग दूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले अन्तरक्रिया गरिन । २० सहभागीहरुमा सामाजिक उद्यमी, अभियन्ता, शिक्षक लगायत नवीन सोच भएका व्यक्तिहरु थिए ।
प्रतियोगीहरुले आफ्ना व्यक्तिगत जीवन कथा र आफूले गरेका कामहरुको अनुभव एक आपसमा साटासाट गर्नुका साथै आफ्ना समुदाय, आफ्ना परिवार र आफू स्वयमका लागि साँचेका भविष्यका आकांक्षाहरुबारे बताएका थिए ।
आ–आफ्ना समुदायको विकासका लागि प्रत्येक प्रतियोगीले आफ्नै तवरबाट योगदान पु¥याएका छन् र सानै उमेरमा उनीहरुले देखाएको साहस, उनीहरुले पु¥याएको योगदान र हासिल गरेका उपलब्धिहरुलाई कदर गर्न हेतु उनीहरुलाई प्रतिष्पर्धी Global 20under20 को रुपमा छनौट गरिएको हो ।
अन्तरक्रियामा बोल्दै नियोग उप–प्रमुख खम्पाले पहलकदमी थालनीको महत्वबारे चर्चा गर्दै प्रत्येक प्रतियोगीहरुले परिवर्तनको सम्वाहक बन्न देखाएको जोश र उत्साहको सराहना गरिन् ।
ती प्रतियोगीहरु नेपाल र भारत–नेपाल सम्बन्धको भविष्य भएकोे बताउँदै खम्पाले उनीहरुलाई समुदाय, समाज र देशको रुपान्तरणतर्फ काम गर्न प्रेरित गरिन् ।
उनले प्रतियोगीहरुलाई क्षेत्रीय सम्बन्ध विस्तारमा जोड दिन आग्रह गर्दै नेपालको मात्र नभई सिंगो दक्षिण एसियाको भविष्य कोर्ने नेतृत्वदायी भूमिकामा खरो उत्रिन पनि अभिप्रेरित गरिन् ।
तपाईको प्रतिक्रिया