शिवगंगा नदिको बीच टापुमा फसेका दुई जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

समाचार

कैलाली, ११ भाद्र । कैलाली जिल्लाको गौरीगंगा नगरपालिका ३ स्थित शिवगंगा नदिनको बीच टापुमा फसेका दुई जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।

सोही ठाउँको कुचौनी बस्ने २२ वर्षिय राजाराम सापकोटा र १८ वर्षिया आरती सापकोटा भाद्र १० गते घाँस काट्न गएकोमा पानीको बहाव पढ्न गई उक्त नदिको बीच टापुमा फसेका थिए ।    

सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्व गण कैलालीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम रावलको कमाण्डमा खटिएको विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्वार गरेको हो । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ