चरेशसहित युवक पक्राउ

समाचार

कैलाली, १३ भाद्र । गोदावरी नगरपालिका–२ रिङरोड बस्ने २० वर्षीय भुबन खड्कालाई करिब १ सय ग्राम अवैध लागूऔषध चरेश सहित प्रहरीले पक्राउ गरेको छ ।

उनले आफ्नै घरमा घरेलु हतियार प्रयोग गरी झ्यालको सिसा तोडफोड गरेको भनी जानकारी प्राप्त भएपश्चात ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले भुबनको कोठा तलासी गर्दा उक्त चरेशसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ