लागूऔषधसहित एक जना पक्राउ

समाचार

मोरङ, १३ भाद्र । उर्लाबारी नगरपालिका–१ झारासादी बस्ने २० बर्षीय उमेश धिमाललाई नियन्त्रित लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।

उनलाई ५ सय ७५ ट्याब्लेट ट्रामाडोल र ५ सय ७० ट्याब्लेट स्पासपेन सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा धिमालको कोठाबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ