प्रदेश २ का दुई मन्त्रीको जिम्मेवारी हेरफेर

समाचार

जनकपुरधाम, १३ भाद्र । प्रदेश नं. २ को सरकारमा दुई जना मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । अर्थमन्त्री विजय यादवलाई कृषि तथा सहकारी र कृषि तथा सहकारीमन्त्री शैलेन्द्र प्रसाद साहलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको हो ।

अन्य प्रदेशहरुझैं प्रदेश २ मा पनि मुख्यमन्त्री परिवर्तनको चर्चा चलिरहेकै बेला दुई मन्त्रीको मन्त्रालय हेरफेर गरिएको हो ।

भावी मुख्यमन्त्रीको रुपमा विजय यादवको नाम चर्चा रहेको थियो । तर विजय यादवलाई अहिले कृषि तथा सहकारी मन्त्रालयमा पठाइएको छ । 

मन्त्रालय हेरफेरसम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयलाई बुझाइसकिएको र प्रदेश प्रमुखले त्यसलाई प्रमाणीकरणसमेत गरिसकेका छन् । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ