रौतहटमा आगलागीबाट २० लाखभन्दा बढीको धनमाल जलेर नष्ट 

समाचार

 रौतहट, १३ भाद्र । गौर नगरपालिका–१ स्थित सुर्य बेम्बो रेष्टुरेन्टमा बिद्युतको तार सर्ट भई आइतबार बिहान आगलागी २० लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।

सो आगलागीबाट ३ थान फ्रिज, ३ ओटा कटेज, ग्यास, भाँडावर्तन लगायत सामान जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । 

दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ