अवैध रुपमा भारततर्फ लैजाँदै गरेको मटर बरामद

समाचार

रुपन्देही, १५ भाद्र । रोहीणी गाउँपालिका–७ सेमरहवाबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको करिब २ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको १ सय २० बोरा मटर मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

लु. १ ज २६४५ नम्बरको पिकअपमा लैजाँदै गरेको उक्त मटर प्रहरी चौकी मैनिहवाबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो । 

पिकअप चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ