ग्याँस बुलेटको ठक्करबाट १ जनाको मृत्यु

समाचार

पर्सा, १५ भाद्र । वीरगंज महानगरपालिका–२५ बहुअरी चोकमा एनएल ०१ एबि ४३७३ नम्बरको ग्याँस बुलेटको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

ठक्करबाट साईकलयात्री बहुदरमाई नगरपालिका–२ पिपरा बस्ने ३० वर्षीय लालबाबु साहको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । 

ग्याँस बुलेट चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ