जनमत पार्टीको केन्द्रीय सचिवालय उद्घाटन

समाचार

जनकपुरधाम, १५ भाद्र । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरधाममा केन्द्रीय सचिवालयको कार्यालय खोलेको छ ।

स्व.राम मनोहर यादवले ‘शहादत प्राप्त गरेको’ दिन सम्झिँदै केन्द्रीय अध्यक्ष डा. राउतले पार्टीको झण्डा फहराएर जनकपुरधामको भानु चोकमा सचिवालयको उद्घाटन गरेका हुन् । 

त्यस अवसरमा अध्यक्ष राउतले सचिवालय परिसरमा वृक्षरोपणसमेत गरेका छन् । बाँकेमा मधेशी नेता उपेन्द्र यादवलाई कालो झण्डा देखाउने क्रममा राममनोहर पक्राउ परेका थिए । 

पक्राउ परेका राममनोहरको प्रहरी हिरासतमै एक सातापछि मृत्यु भएको थियो ।

जनमत पार्टीले राममनोहरलाई शहिद भन्दै आएपनि सरकारले घोषणा गरेको छैन । अध्यक्ष डा. राउतले यादव लगायतका ज्ञात–अज्ञात सबै शहिदको सपना साकार पार्न संघर्ष जारी रहेको बताए । 

अगामी निर्वाचनलाई लक्षित गरेर जनमत पार्टीले संगठन विस्तारसहितका गतिविधि अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ