रौतहट, १५ भाद्र । रौतहट जिल्लाको कटहरीया नगरपालिका १ स्थित बकैया खोलाको किनारबाट सशस्त्र प्रहरीले करीव २ लाख १७ हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ ।
उल्लेखित मुल्य बराबरको ६२ क्यूफिट सालको गोलिया काठ सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश जङ्गलशैयाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद काठ वन कार्यालय जंगलशैयाँमा बुझाईएको छ ।
तपाईको प्रतिक्रिया