मटिहानी नगरपालिकामा सेल्फ केयर किट वितरण

समाचार

महोत्तरी, १५ भाद्र । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा रहेको हातीपाईले रोगका विरामीहरुलाई मटिहानीमा सेल्फ केयर किट वितरण गरिएको छ ।

सरुवा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंको सहयोगमा मटिहानी नगरपालिका वडा नं. ४, ६, ७ र ८ मा रहेका ५७ जना (लिम्फेडिमा) हातीपाईले भएका विरामीहरुलाई मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले सेल्फ केयर किट वितरण गरेका छन् ।

किटमा वाल्टीन तौलिया वाहा साबुन लगायतका सामग्रीहरु रहेका छन् । 

मटिहानी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रामबाबु नायकको सभापतित्वमा सम्पन्न कार्यक्रममा मटिहानी नगरपालिका स्वास्थ्य सामाजिक शाखाका प्रमुख पवन मण्डल, नागेश्वर पाण्डेय लगायतका वक्ताहरुले रोग वारे चर्चा गरे ।

महोत्तरी उद्योग बाणिज्य संघका अध्यक्ष मोहन प्रसाद गुप्ता, उपाध्यक्ष नागेश्वर प्रसाद गुप्ता, स्थानीयहरु रामजी मण्डल, रामस्नेही मण्डल, जुगेश्वर मण्डल, रामलखन पंजियार, रामसेवक साह, कलिम अंसारी लगायत महानुभावहरु  पनि सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ