मोरङ, १६ भाद्र । कानेपोखरी गाउँपालिका–६ शिवालय चोक बस्ने ३० वर्षीय रुद्र बहादुर क्षेत्रीलाई प्रहरीले विभिन्न हातहतियारसहित पक्राउ गरेको छ ।
मेड ईन युएसए लेखिएको १ थान पेस्तोल, सोही पेस्तोलमा लाग्ने ३ राउण्ड गोली र १ थान खुकुरीसहित मंगलबार राति प्रहरीले क्षेत्रीलाई पक्राउ गरेको छ ।
उनले आफ्नै घरमा पेस्तोल लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी रमाईलो र सशस्र प्रहरी बल सुरक्षा बेश शनिश्चरेबाट समेत खटिएको टोलीले उनको घरमा तलासी गर्ने क्रममा उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया