भन्सार छलि ल्याउँदै गरेको विभिन्न सामान बरामद  

समाचार

बारा, १६ भाद्र । भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको करिब १६ लाख ६ हजार ७ सय ५३ रुपैयाँ बराबरको औषधी, मल, खसी लगायतका मालसामान तथा मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

उक्त सामान भन्सार छलि ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत समेतबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो ।

बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय वीरगंज पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ