ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

समाचार

कपिलवस्तु, १६ भाद्र । वाणगंगा नगरपालिका–१ बुङचीस्थित  सडकमा ना.३ ख ५९०९ नम्बरको ट्रकले लु.२७ प ६९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।

मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालक पाल्पा रैनादेवी गाउँपालिका–५ बस्ने २६ वर्षीय बिनोद सुनारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशीक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ