डान्सबारमा आगलागी हुँदा लाखौंको क्षति    

समाचार

कैलाली, १६ भाद्र । गोदावरी नगरपालिका–३ मालिका टोल बस्ने भोज बहादुर खत्रीले सोही नगरपालिका–२ बसपार्कमा संचालन गरेको टेक्सास डान्सबारमा आगलागी हुँदा करिब ३ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ