कपिलवस्तुमा बिपी स्मृति भवन

समाचार

कपिलवस्तु, १७ भाद्र । प्रधानमन्त्री शेरबहादुर देउवाले कपिलवस्तुको तौलिहवामा नवनिर्मित बिपी स्मृति भवनको उद्घाटन गरेका छन् ।

जुम बैठकमार्फत् प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाले  बिपी स्मृति भवन तथा नेपाली कांग्रेस कपिलवस्तुको भवनको उद्घाटन गरेका हुन् ।

सो अवसरमा सम्बोधन गर्दै देउवाले नवनिर्मित भवनलाई एकताको भवनका रुपमा स्थापित गर्नु पर्ने बताए । उनले आउन लागेको स्थानीय निकायको निर्वाचनमा सबै पार्टी कार्यकर्ताहरु एकवद्ध भई कांग्रेसको उम्मेदवारलाई जिताउन अपिल गरे । 

यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नवनिर्मित भवनभित्र कांग्रेस र प्रजातन्त्रको आत्मा हुुनुपर्ने बताए । ‘मुलुक नयाँ अध्यायतर्फ गएको छ, फेरि उही पुरानो प्रवृत्तितर्फ लगे उपलब्धिको कुनै मतलब हुँदैन’ उनले भने । अहिलेको स्थितिमा कांग्रेस एकबद्ध भई सशक्त रुपमाअघि बढनुपर्ने उनले बताए ।

सो अवसरमा प्रधानमन्त्री देउवाको निर्देशनमा पार्टी जिल्ला सभापति सुरेन्द्रराज आचार्यले शिलालेखमा राखिएको ब्यानर उघारेका थिए ।

२०४६ सालदेखि पार्टी कार्यालय भवन भाडामा रहँदै आएको थियो । २०६८ चैत २९ गते पूर्व प्रधानमन्त्री सुशील कोइरालाले भवनको शिलान्यास गरका थिए । भवनको अहिले सम्मको लागत एक करोड १२ लाख ६२ हजार रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ