कैलाली, १७ भाद्र । भारतबाट घर फर्किने नेपालीलाई सीमा नाकामै कोभिड–१९ विरुद्धको खोप दिन थालिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कंचनपुरको सहयोगमा भिमदत्त नगरपालिकाले गड्डाचौकी नाका भएर नेपाल फर्कनेहरूलाई सीमामै कोभिड–१९ विरुद्धको खोप दिन थालेको हो ।
भारतबाट नेपाल फर्कनेहरूको एन्टिजेन टेस्ट गरेर नेगेटिभ आएकालाई अस्ट्राजेनेकाको खोप लगाइएको हो ।
सरकारको निर्णय अनुसार भारतबाट फर्किनेलाई अहिले अस्ट्राजेनेकाको खोप दिइँदैछ । पहिलो डोज नाकामा लगाएकाहरूले दोस्रो डोज भने सम्बन्धित पालिकामै लगाउनु पर्ने हुन्छ ।
तपाईको प्रतिक्रिया