जनकपुरधाम, १७ भाद्र । प्रदेश २ मा एमालेका ११ जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।
प्रदेश निर्वाचन कार्यालय जनकपुरमा एमालेका ११ जना प्रदेश सांसदहरुले नेकपा एकीकृत समाजवादीमा सनाखत गराएका हुन् ।
एमालेबाट १३ जना एकिकृत समाजवादी रोजे पनि सांसद दिल्ली उप्रेती उपचारका लागि भारतको दिल्लीमा छन् । उनले दूतावासबाट सनाखतको प्रक्रियामा रहेको जनाइएको छ ।
प्रदेश सांसद सुन्दर विश्वकर्मा र सीता गुरुङ मौसम खराब हुँदा जनकपुर आउन नसकेकाका कारण सनाखत हुन नसकेको हो । उनीहरु अहिले काठमाडौंमा छन् । उनीहरुको भोलिसम्ममा सनाखत हुनेछ ।
निर्वाचन कार्यालयमा उपस्थित भएर सांसदहरु शत्रुधन महतो, अशोक यादव, प्रमोद यादव, मदनसेन श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, रवीन्द्र बैठा, मञ्जु यादव, हसिना खातुन, बेची लुङ्गेली र दिल्ली उप्रेतले सनाखत गराएका हुन् ।
तपाईको प्रतिक्रिया