रुपन्देही, १७ भाद्र । बाँकेमा नेपाली कांग्रेसको सदस्यता विवाद टुंगो नलागेपछि शुक्रबारदेखि शुरु हन लागेको वडा अधिवेशन प्रभावित भएको छ ।
केन्द्रीय निर्वाचन तालिकाअनुसार शुक्रबार सबैभन्दा तल्लो तहको अधिवेशन हुने तय भएको छ । तर बाँके जिल्लाको क्षेत्र नम्बर १ मा रहेको विवाद समाधान भइसकेको छैन ।
क्रियाशील सदस्यतामा व्यापक धाँधली गरेको भन्दै उजुरीे लिएर युवा नेता पोषण केसी काठमाडौं गएका छन् ।
नेपाल पत्रकार महासंघको केन्द्रमा दुई पटक अध्यक्षको प्रत्यासी रहेका केसी अहिले बाँकेको क्षेत्रीय सभापतिका दाबेदार हुन् । पूर्व पार्टी सभापति सुशील कोइरालाको नजिक मानिने केसी अहिले पनि कोइराला समूहमै छन् ।
तपाईको प्रतिक्रिया