मटिहानीमा विद्यालय भवन शिलान्यास

समाचार

महोत्तरी, १९ भाद्र । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका नगर प्रमुख (मेयर) हरि प्रसाद मण्डलले एक समारोहबीच श्री राम माध्यमिक विद्यालय मटिहानीमा निर्माण हुने थप विद्यालय भवनको शिलान्यास गरेका छन् ।

सो अवसरमा उनले विद्यालयको थप भवन निर्माणले शिक्षा क्षेत्र एवं पठन–पाठनमा सहयोग पुग्ने भयो । 

विद्यालयमा निर्माण हुने सो ४ चार कोठे भवन शिक्षा  विज्ञान तथा प्रविधि मन्त्रालय र मटिहानी नगरपालिकाको विद्यालय भौतिक पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत ३६ (छत्तिस) लाखको लागतमा सो भवन निर्माण हुने कुरा जनाइएको छ ।

वि.स. २००९ सालमा स्थापीत सो श्री राम माध्यमिक विद्यालय मटिहानीमा हाल १८४५ (एक हजार आठ सय पैतालिस) छात्र–छात्राहरु अध्ययनरत रहेका छन् ।

श्री राम माध्यमिक विद्यालयका प्रधानाध्यापक अजय पाण्डेयको सभापतित्वमा सम्पन्न शिल्यानास कार्यक्रममा वडा अध्यक्षहरु गणेश प्रसाद साह, जितनारायण माझी, रामबाबु नायक, मईनुद्दीन राईन, महोत्तरी उद्योग बाणिज्य संघका अध्यक्ष मोहन प्रसाद गुप्ता, अरुण नाहर, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य विजय कुमार साह, पार्टी प्रतिनिधिहरु राम कुमार मण्डल, उपेन्द्र चौधरी, उमाशंकर साह, नागेन्द्र लाल कर्ण, शंकर साह, शिक्षा संयोजक चन्देश्वर साह, राजकिय स.मा.वि.का प्र.अ. ईश्वरी पौड्याल लगायतका उपस्थिति रहेको थिए ।

यसैबीच सो विद्यालयमा निर्माण हुने स्वच्छ खानेपानी योजनाको लागि टंकी निर्माणको पनि मटिहानी नगरपालिकाका मेयर मण्डलले शिलान्यास गरेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ