कैलाली, १९ भाद्र । गोदावरी नगरपालिका–१० दमैरा बस्ने २३ वर्षीय प्रदेशी चौधरीलाई एकनाले भरुवा बन्दुक लगायत विभिन्न हातहतियार सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित दमौरादेखि मालाखेती जाने भित्री सडकमा अस्थायी प्रहरी पोष्ट चौकोडाँडाबाट खटिएको प्रहरीले चौधरीलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।
साथै उनको झोलाबाट साइकलको छर्रा ४५ थान, साइकलको धुरा काटी बनाएको गोली ८ थान, गुलेली १ थान, रेन्ची १ थान, फलामको धुलो, केप बनाउने साँचो, सलाई १ थान, रबर डोरी १ थान र बारुद समेत प्रहरीले बरामद गरेको छ ।
तपाईको प्रतिक्रिया