गिद्ध संरक्षणमा हातेमालो जरुरी           

समाचार

कपिलवस्तु, २० भाद्र । प्राकृतिको कुचिकारको रुपमा रहेको गिद्ध सरक्षणको लागि सबैले हातेमालो गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन् ।

१३औं अन्तर्राष्ट्रिय गिद्ध दिवसको अवसरमा पक्षिं सरक्षण केन्द्रको सहयोग र नेभ्ला कपिलवस्तुको आयोजनामा जगदिशपुर जलाशय क्षेत्रमा आयोजित उक्त कार्यक्रममा सरोकारवालाहरुले यस्तो धारण राखेका हुन् । 

नेपालमा यस वर्ष प्राकृतिक कुचिकार लोपउन्मुख गिद्धहरुको सरक्षण्मा हातेमालो गरौ भन्ने नाराका साथ यो दिवस मनाइएको हो ।  

पछिल्लो समय गिद्धहरुको वासस्थान नहुंदा तथा केही वर्ष अगाडी सम्म पशुहरुमा डाइक्लोफेनक नामक औषधी प्रयोग गर्दा मुख्य रुपमा गिद्धहरु लोप भएको पशु सेवा विभागका बरिष्ठ पशु चिकिस्सक डा.नन्दलाल वर्माले बताए ।  

सरकारले नेपालमा डाइलोफेनक औषधी पशुहरुमा प्रयोगमा रोक लगाएपनि कतै कतै अझै यस्तो औषधी देदिने हुंदा त्यसलाई सबैको निगरानी राख्नु पर्ने उनले बताए । 

साथै गिद्धको कारण वातावरण सरक्षण र पारिस्थती प्रणलीमा समेत राम्रो फाइदा हुने हुंदा सयको सरक्षणमा सरकार र सरोकारवालाहरुको दाहित्व रहेको उनवे बताए । 

त्यस्तै कार्यक्रममा जगदिशपुर ताल सरक्षण बहुक्षेत्रिय म.चका उपाध्यक्ष डा. रसिद खाले  ताल तथा यसका सरक्षणमा समितिले काम गदै आएको र गिद्ध सरक्षणमा पनि पक्ष्ांी सरक्षण केन्द्रको सहकार्यमा काम गरेको उनले बताए ।  

कार्यक्रममा डिभिजन वन कार्यालयका रमाकान्त शर्माले सामुदासयक वन क्षेत्रमा गिद्धको वासस्थान र वच्चा उत्पादन गर्ने गुण कपिलवस्तुमा रहेको हुंदा त्यसको सरक्षणमा सामुदायिक तथा साझेदारी वन संग मिलेर सहकार्य गर्दे आएको उनले बताए । 

नेभ्लाका अध्यक्ष परमेश्वर यादवको अध्यक्षता उपाध्यक्ष सुदिप भुषालको स्वागत र सचिव जिवन भुषालको संचालनमा  भएको कार्यक्रम गिद्धको अवस्था र सरक्षणमा उपायको बारेमा प्राविधिक खिमबहादु टण्डनले जानकारी गराएका थिए ।  

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ