कपिलवस्तु, २० भाद्र । २०औं नेपाल निजामति कर्मचारी युनियनको अवसरमा तौलिहवास्थित बाल मन्दिरमा रहेका बालबालिकाहरुका लागि युनियनले खाद्यान्न सहयोग तथा शुभकामना आदान प्रदान गरि मनाएको छ ।
बालमन्दिरमा रहेको बालबालिकाहरुलाई १ क्विनटल चामल २५ केजी चामल तथा फलपुल वितरण गरि स्थापना दिवस मनाइएको हो ।
कार्यक्रममा जिल्ला अध्यक्ष राम प्रसाद अधिकारी, पुर्व केन्द्रिय सदस्य कृष्ण प्रसाद तिमिल्सना, रुपन्देहीका अध्यक्ष मोहन नेपाल पूर्वजिल्ला अध्यक्ष धनन्जय नेपाल, जिल्ला उपाध्यक्ष रामकृष्ण तेली, बालमन्दिरका पूर्वअध्यक्ष राजु प्रसाद अर्याल, बाल मन्दिरका प्रमुख राम प्रसाद अर्याल, निराजन लम्साल, कपिलवस्तु नगरपालिका इकाइ अध्यक्ष पदमराज श्रेष्ठ लगायतले दिवसको अवसरमा शुभकामना दिएका थिए ।
झक प्रसाद आलेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वोल्ने वक्ताले राष्टसेवक कर्मचारीहरुलाई सरकारले समायोजनको नाममा विभेद गरेको हुंदा यो सरकारले समायोजनमा देखीएका समस्या समाधान गर्नुपर्ने बताए ।
तपाईको प्रतिक्रिया