जसपाले नै रेशम चौधरीलाई न्याय दिलाउँछ : सांसद यादव

समाचार

वीरगन्ज, २० भाद्र । जसपाका सांसद प्रदीप यादवले रेशम चौधरीलाई कानुनी प्रक्रियाबाटै जसपाले न्याय दिलाउने बताएका छन् ।

टीकापुर आन्दोलनमा नश्लीय राज्य शासन व्यवस्थाले चरम दमन गरेको र त्यो दमनविरुद्ध आवाज उठाउने थारुहरू माथि विभिन्न मुद्दामा फसाउने षड्यन्त्र अन्तर्गत नै रेशम चौधरी जस्ता सच्चा आन्दोलनकारी तत्कालीन सरकारले फसाएको सांसद यादवले आरोप लगाए ।

वीरगन्ज महानगरपालिका वडा नं. ३१ सोलखपुरमा नवनिर्मित थारु सांस्कृतिक नाच घरको शिलान्यास गर्दै उनले नाच घरले थारुहरूको संस्कृति संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

थारु समुदायको वैवाहिक, धार्मिक र सांस्कृतिक कार्यको लागि नाच घर उपयोगी भएको उनले बताए । उनले सोलकपुरमा पक्की सडक बनाउने समेत वाचा गरे ।

सांसद यादवले थारुहरू नै नेपालका पुराना र पहिलो बसोबास गर्ने जाति रहेको तर आज एउटा शोषित र उत्पीडन वर्गमा परेको पनि बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ