चोरीपैठारीको मोबाईल सेटसहित पक्राउ

समाचार

रौतहट, २० भाद्र । रौतहट जिल्लाको गौर नगरपालिका २ भन्सार ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको १० थान मोबाईल सेटसहित सोही ठाउँ बस्ने २८ बर्षिय संजय कुमार यादवलाई पक्राउ गरेको छ ।

भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त मोटवाईल सेटसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।    

पक्राउ परेका यादवलाई बरामद मोवाईल सेटसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ