अपांगता भएका १० जनालाई स्कुटी प्रदान

समाचार

कपिलवस्तु, २१ भाद्र । अपांगता भएका स्थानीयहरुको दैनिक जीवनमा सहजाता ल्याउन कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले अपांगता भएका १० जनालाई चार पाङ्ग्रे स्कुटी प्रदान गरेको छ ।

अपांगताका कारण हिडडुल गर्न नसक्दा कष्टकर जीवन बिताइरहेका उनीहरुलाई सो स्कुटी प्रदान गरिएको हो । आइतबार गाउँपालिका अध्यक्ष निसार अहमद खाँ, उपाध्यक्ष सुधादेबी पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले उनीहरुलाई स्कुटी र साँचो हेलमेट हस्तान्तरण गरेका थिए । 

स्कुटी टिभिएस कम्पनीको १ सय १० सिसिको रहको छ । कुल २१ लाख लागतको स्कुटी प्रदान गरिएको अध्यक्ष खाँले बताए । अघिल्ल्लो आर्थिक बर्ष पनि १० जना अपांगता भएका ब्यक्तिलाई पालिकाले स्कुटी प्रदान गरेको थियो । 

चालु आर्थिक बर्षकालागि पनि १० जना अपांगता भएका ब्यक्तिलाई स्कुटी प्रदान गर्न २२ लाख बजेट बिनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए । 

सानै उमेरमा पोलियोका कारण खुट्टामा समस्या आई हिडडुल गर्न नसकेका पालिकाको वडाहरुबाट प्राथमिकताका आधारमा छनौट गरी १० जनालाई स्कुटी प्रदान गरिएको प्रमुख खाँले बताए । 

‘घिस्रिएर हिडन पर्दा घरमै सिमित भएका ब्यक्तिहरुको दैनिक जिवनमा सहजताकालागि हामीले उनीहरुलाई स्कु्टी दिएका हौं’ उनले भने । स्कुटी पाएर दुःखी जीवन बिताईरहेको उनीहरुको खुशीको लहर आउने उनले बताए । 

‘स्कुटीले उनीहरुलाई आउजाउ गर्न मात्र होईन अब आफलै केही गररे जीवन गुजारा समेत गर्र्न सक्छन्’ उनले भने ‘पालिकाले उनीहरुको दुःखी जीवनमा मल्हम लगाएर सानो खुशी दिन खोजेका हो’ उनले भने । 

पालिका उपाध्यक्ष पाण्डेयले अपांगता भएका ब्यक्तिहरुको दुःखी जीवन देखेर नै पालिकाले उनीहरुलाई स्कुटी दिएको बताइन् । 

पालिकाको वडा नम्बर ३ गुलरी घर भई रुपन्देहीको तेनुहवा सामुदायिक बिदालयमा कक्षा १२ मा अध्ययनरत अन्जना कुर्मीैले स्कुटीले आफुलाई अध्ययनमा निकै सहजता थपेको बताइन् । 

आधा घन्टा लगाएर दैनिक बिदालय साईकलमा आवजजावत  गर्ने गरेकी उनले अब भने ५ मिनट मै बिदालय पुग्ने बताईन । सानैमा पोलियोका कारण खुट्टामा समस्या आएर हिडडुल गर्न समस्या परेको उनले बताइन् । 

उनले स्कुटीले आफुलाई माथिल्लो कक्षामा पढन पनि उत्साह थपेको बताइन् । गाउँपालिकाका सबै वर्ग र क्षेत्रलाई आवश्यकताको आधारमा वभिन्न वितरणमुखी ,क्षमता विकास तथा अनय समाजिक र आर्थिक विकासका काम गदैै आएको अध्यक्ष निसार अहमद खांले बताए । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ