लागूऔषधसहित युवक पक्राउ

समाचार

रौतहट, २१ भाद्र । यमुनामाई गाँउपालिका–५  बमनहरबाट नियन्त्रित लागूऔषध १ सय २ ट्याब्लेट नाइट्राभेट र १० एम्पुल डाइजेपाम सहित गौर नगरपालिका–४  टिकुलिया बस्ने १९ वर्षीय  सन्तोष  ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।  

शनिबार गौरबाट  काठमाडौंतर्फ आउँदै गरेको  ना.७ ख  १९४१ नम्बरको बसलाई जाँच गर्ने क्रममा पाईन्टको खल्तीबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 

उनी उपर जिल्ला अदालत रौतहटबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ